Total Pageviews

Thursday, January 5, 2012

धेरै चोटि मरें म त धेरै चोटि बाँचे

धेरै चोटि मरें म त धेरै चोटि बाँचे
सम्झनामा देखें उनलाई रुँदारुँदै हाँसें

आशाको यो टुकी बाली निकै पर गएँ
अतीतका ती पलसित धेरै नजिक भएँ
ओसिएर रहरहरू बिस्कुन झैं रेलें
जिन्दगीको मैदानमा सधैं एक्लै हीड़े
बाध्यताले जसो भन्यो उसै गरी नाचें
सम्झनामा देखें उनलाई रुँदारुँदै हाँसें

खोई आज कहाँ पुग्यो उमंगको हुल
नफक्रिंदै ओइलिएछ चाहनाको फूल
ओठको यो मुस्कान पनि झर्यो आँखाबाट
विस्वासको चरी उड्यो मनको पाखाबाट
जड्यौरी यो मायालाई नयाँ सम्झी साँचें
सम्झनामा देखें उनलाई रुँदारुँदै हाँसें

No comments:

Post a Comment