Total Pageviews

Thursday, January 5, 2012

सपना हो यो भनेदेखि सपनीमै मरूँ


सपना हो यो भनेदेखि सपनीमै मरूँ
अर्को जन्म पाएँ भने (  तिमीसँगै परूँ )-२


एउटा जून आकासमा एउटा मेरो काख
जिन्दगीको पुग्यो धोको दैव दियौ लाख
हाम्रो माया साँचो भए ( यसको लाज राख )-२


जता हेर्छु उतै तिमी मेरी वरिपरी
निदरीमा झझल्कोले उठ्छु घरिघरि
तिमी बिना आँखा हुन्छ ( साउनको झरी )-२


जीवन मेरो के पो होला बिना तिम्रो माया
तिमी जान्छौ जतातिर उतै लाग्छु छाया
एक मन एक मुटु दुई हाम्रो काय


तिम्रो भेल मनमा बग्छ नरित्तेर पानी
टाढै देख्दा प्यास मर्छ नभेटेरै पनि


सपना हो यो भनेदेखि सपनीमै मरूँ
अर्को जन्म पाएँ भने (  तिमीसँगै परूँ )-२ 

No comments:

Post a Comment