Total Pageviews

Thursday, January 5, 2012

सागर सरी चोखो माया तिमीलाई दिउँला

सागर सरी चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सागर सरी चोखो माया तिमीलाई दिउँला

आऊ बस न छेवैमा मिठामिठा कुरा गरूँ
बर्षौंदेखि साँचिएका रहरहरू पुरा गरूँ
तिम्रो साथ पाएपछि हाँसीखुसी जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सागर सरी चोखो माया तिमीलाई दिउँला



रमाएर तिमीसँगै लाग्छ सधैं हाँसिरहूँ
तिमीभित्र हराएर जुनी जुनी बाँचिरहूँ
फाटे पनि हाम्रो माया मनैमनले सिउँला

सागर सरी चोखो माया तिमीलाई दिउँला

No comments:

Post a Comment