जिन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो हो बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो हो चिन्नै सकिन
केही खुसी तिम्रा केही उमंग
सँगै बाँच्ने तिम्रा केही तरंग
आफ्नो साथ थियो आफ्नै भर थियो
सबै टुटे फुटे मिठो प्यार थियो
कहाँ छन् ती फूल कहाँ पो छ जून
कहिले हुन्छ रात कहिले हुन्छ दिन
कहाँ पर्यो पश्चिम कहाँ पर्यो पूर्व
कस्तो दैव रैछ लेखिदिने कर्म
भाग्य आफ्नो हो बुझ्नै सकिन
समय यसरी बदलिदियो कि
बाटो आफ्नो हो चिन्नै सकिन
केही खुसी तिम्रा केही उमंग
सँगै बाँच्ने तिम्रा केही तरंग
आफ्नो साथ थियो आफ्नै भर थियो
सबै टुटे फुटे मिठो प्यार थियो
कहाँ छन् ती फूल कहाँ पो छ जून
कहिले हुन्छ रात कहिले हुन्छ दिन
कहाँ पर्यो पश्चिम कहाँ पर्यो पूर्व
कस्तो दैव रैछ लेखिदिने कर्म
No comments:
Post a Comment