सिर्जना जी लाई न्याय मिलोस् भन्ने मेरो सम्बन्धित निकाए संग आग्रह छ !!!
मेरो नाम सिर्जना खड्का हो। दुई वर्षपछि केही
महिनाअघि मात्र म नेपाल फर्केकी हुँ। कोरियाबाट १२ लाख कमाएर ल्याएकी थिएँ प्रेमीको
नाटक गर्दै मेरो जीवनमा आएको पुरुषले लुटेर लग्यो। म अहिले सर्वाड्ड लुटिएँ।
म
मामाघरमा हुर्केकी टुहुरी हुँ। भक्तपुर काँडाघारीमा बस्थे तर अहिले आफन्त कहाँ
पाहुना लागेकी छु।
मैले लामो समयको मिहिनेतपछि दुई वर्षअघि दक्षिण कोरियामा जागिर पाएँ। म कसरी लुटिएँ मेरो आँशुको विवरण सुन्नुहोला। कोरियाबाट फर्केपछि म अलमलमा थिएँ कहाँ के काम गर्ने एउटा दैनिकमा एलमिराको विज्ञापन देखें। फेरि वैदेशिक रोजगारीमै लाग्ने विचार आयो। एलमिरामा बुभुन गएँ।
त्यहाँ मेरो मनोज बस्नेत नामको युवकसँग चिनजान भयो। ऊ मेरै उमेरको थियो। पुरानो बानेश्वर सिनामंगलमा घर छ भन्थ्यो। ऊ मप्रति आकर्षित भएको मैले ठानें। विदेशमा जानुभन्दा नेपालमा नै बसी काम गरेमा विदेशमा कमाउने पैसा कमाउन सकिन्छ मसँग एउटा योजना छ मिलेर लगानी गरौं ट्राभल एजेन्सी खोलौं भन्यो। मलाई १० प्रतिशतको मालिक बनाउने र मासिक ८ हजार रुपियाँको जागिर पनि दिने भयो।
नियमित सम्पर्क हुन थाल्यो। हामी साथी बनेका थियौं। यस्तैमा मनोजले ट्राभल एजेन्सी खोल्ने कामकै तयारीका लागि ५० हजार रुपियाँ चाहियो भन्यो एटीएमबाट एकपटकमा ३५ हजार मात्र झिक्न मिलेकाले मैले त्यति मात्र दिएँ। हाम्रा भेटहरु बढ्दै गए। मैले कोरियाली भाषा पनि जानेकीले मलाई शिक्षिका बनाएर भाषाको स्कुल पनि खोल्ने कुरा भयो। मैले ५ लाख रुपियाँ शेयरका लागि भनेर एलमिरा कन्सल्टेन्सीमा लगानी गर्न दिएँ। यो सबै गएको फागुन महिनाको कुरा थियो।
तर ऊ न ट्राभल एजेन्सी खोल्थ्यो न कोरियाली भाषा पढाउने स्कुल। यसबीच मैले के हो यस्तो चाला खै मेरो पैसा फिर्ता चाहियो भनेर कराएँ। उसका साथी सुमन र सन्तोषले मेरो विश्वास जित्न ३० लाखको चेक काटेर मेरो हातमा हालिदिए। मैले विश्वास गरें। मनोजले आफ्नो परिवारका बारेमा बताउँदै आफू अविवाहित छु भन्यो। विवाह गरे मसँग मात्र गर्ने दाबी गर्यो। आफ्ना साथीहरुसँग परिचय दिँदा आफ्नो श्रीमती भन्न थाल्यो। हुन पनि हाम्रो सबै प्रकारको सम्बन्ध भइसकेको थियो।
उसले ट्राभल खोल्नका लागि भनेर पैसा मागिरह्यो मैले दिइरहें। मैले १२ लाख ५० हजार दिइसकेकी थिएँ। उसले शंकरदेव कलेज नजिकै पुरानो बसपार्क जाने बाटोमा फ्ल्याट भाडामा लिई साथीहरुसँग छुट्टिई मेरै पैसाबाट अफिस खोल्ने भयो। तर सोही दिन दुइटी महिला आएर मनोजलाई एउटीले आफू श्रीमती र अर्कीले दिदी भएको बताए। म छाँगाबाट खसेजस्तै भएँ। म धेरै रोएँ।
अन्तमा भैगो मेरो पैसा फिर्ता देऊ म आफ्नो बाटो लाग्छु भनें। अन्तमा मनोजले रु। २ लाख ५० हजारको एनसीसी बैंकको चेक दियो। बाँकी रु. १० लाखको अर्को चेक एक महिनाको भाका राखी काटिदियो। तर दुबै चेक बाउन्सु भए। बारम्बार म उसको नाममा बैंकमा पैसा नभएको र चेक साट्न नसकेको कुरा गर्थें, ऊ भोलि पैसा जम्मा गरिदिन्छु भन्थ्यो। तर चेक कहिल्यै पैसामा बदलिएन।
आखिरमा निजले दिएको चेक लिएर म हनुमान ढोका प्रहरी कार्यालय पुगें। उजुरी दिएँ। पछि हनुमानढोकाले गौशाला प्रहरी कार्यालयलाई पत्र काटी पठायो। तर मनोजले मैले उजुरी दिएको थाहा पाएछ मलाई धम्की दिई तैले हालेको केस फिर्ता लिन्छेस् कि तेरो र मेरो बिच भएको शारीरिक सम्बन्धको भिडियो सार्वजनिक गरिदिऊँ भन्यो। म फेरि नराम्रोसँग झस्कें। मेरो नग्न रुप इन्टरनेटमा कुन क्षण राखिने हो भनेर म विक्षिप्तजस्तै भएकी थिएँ। मेरो डरको फाइदा उठाएर मनोजको परिवार नै लागेर मलाई ब्लाकमेल गर्न लागे। मैले आफ्नो यौनसम्बन्धका तस्वीर सार्वजनिक नगर्ने शर्तमा मुद्दा फिर्ता लिएँ। तर परिणाम उल्टो भयो- उसले जहाँसुकै बोलाउने र मलाई बलात्कार गर्ने गर्नथाल्यो। म झन पीडित भएँ। अब तैंले मैले जे भने त्यही गर्नुपर्छ मैले जहाँ बोलायो त्यही आउनुपर्छ नत्र भिडियो इन्टरनेटमा !भनेर धम्क्याएको थियो। मैले आत्महत्या गर्ने विचार पनि गरें तर सकिनँ।
तिरुपती होटल कमलादीमा लगातार ८ दिनसम्म राखेर उसले मेरो बलात्कार गर्यो। हातमा चुरोटले पोलिदियो। निर्वस्त्र बन्न लगाई हातखुट्टा बाँधी जबरजस्ती यौनसम्पर्क राखेर पनि भिडियो खिच्यो। ८ दिन पश्चात् म काँडाघारीस्थित डेरामा बसेको ठाउँमा अब तँ मसँग पोखरा जानुपर्छ तेरो कोठामा भएको सामान समेत सबै लिएर पोखरा जान हिँड् भन्यो। मसँग भएका दुइटा मोटरसाइकल बेच्न लगायो। त्यसबाट आएको रु. २ लाख ४५ हजार नगद समेत मनोजले लिई पोखरा स्थित सिर्जना चोकमा घर भाडामा लिएर राख्यो। तैले मैसँग विहे नगरी सुख छैन नत्र तेरो नांगो तस्वीर सार्वजनिक गर्छु भन्दै ताल बाराही मन्दिरमा लगी गएको असोज ६ गते सिन्धुर पनि हाल्यो। कहिले काहीं म तिम्रो प्रेममा पागल भएको छु भन्थ्यो। केही दिन सामान्य व्यवहार पनि गथ्र्यो।
एक दिन अचानक मलाई टेलिभिजन केवलको तारले घाँटीमा कसेर बेहोस पनि बनायो। पछि बिउँझेर भाग्न खोज्दा फेरि तारले बाँधेर राख्यो। हातखुट्टा बाँधेर नग्न अवस्था बनाई उसले यौन दुराचार पनि गर्यो। मसँग भएको मेरो ६ थान औंठी लकेट सहितको सिक्री १ थान समेत लिएर गयो।
सोही दिन दिउँसो निजको दिदीहरुले फोन गरी मेरो भाइले के के गर्दो रहेछ थाहा पाइस भनी मलाई गाली गरी। बाँच्नुछ भने कहिल्यै काठमाडौंको थानकोट काटेर नआइज भनेर धम्क्याई। तर म काठमाडौं आएँ। मैले पनि जे गर्नुछ गर म अब प्रहरीकहाँ उजुरी दिएरै छोड्छु भनें। यही मंसिर ३ गते मनोज बस्नेत निजकी दीदी र अन्य दुई जना समेत भई मलाई ज्यान मार्ने नियतले अपहरण गरी कपडाले मुख छोपेर घाँटीमा तारले बेरी ललीतपुरस्थीत बागडोलमा फाली दिए। ललीतपुरको प्रहरीले उद्धार गरी मलाई पाटन अस्पताल लगी उपचार गरेपश्चात होसमा आएपछी मैले महिला कानुन र विकास मंचका अधिवक्ता दिदी मुना उपाध्यायको सहयोगमा कानुनको ढोका ढकढक्याउन आएकी छु। मनोजलाई प्रहरीले पक्राउ पनि गरेको छ। तर निजको परिवारले उल्टै मैले उनीहरुलाई ब्लाकमेल गर्न खोजेको भनेर प्रेसलाई जानकारी दिइरहेको छ। कतिले कुरै नबुझी म मरेकीलाई कात्रो ओढाइदिने काम पनि गरेका छन्। म मरेपछि होइन जिवितै छँदा न्याय पाऊँ। सबैमा मेरो करजोरी बिन्ती छ।
-सृजनाको बयानका आधारमा

No comments:
Post a Comment