Total Pageviews

Monday, November 28, 2011

तिमीलाई नै


फेसबुकको वालमा तिमीलाई नै  केरेको छु,
गूगल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु,

सपनीमा तिमी सँगै च्याट गर्दा झझल्कोमा,
जि मेलको म्यासेज वक्समा तिम्रै नाम भरेको छु,
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु,

टुईटरमा टुईट गर्दा तिम्रो यादले सताउंथ्यो,
त्यही भएर स्क्याप्स्मा भिडियो च्याट गरेको छु,
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु,

डाडापाखा मोबाईलमा टावर आज नभएर,
ईन्टरनेटमा तिम्लाई खोज्न बेशी तिर झरेको छु,
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु,

कहीलेकाही ईन्टरनेटमा डिस्कनेक्ट देखाउंथ्यो,
त्यही भएर कोठा भरी तिम्रै तस्विर छरेको छु,

फेसबुकको वालमा तिमीलाई नै  केरेको छु,
गूगल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु,





No comments:

Post a Comment