Total Pageviews

Monday, November 28, 2011

तिम्रो मेरो प्रेम

तिम्रो मेरो प्रेम कथा, दुइ दिनको आहा! नहोस,
ला'को माया छुटाएर, दुनियाको हाहा नहोस!!



तिमि हुन्छौ म हुनेछु , यौटा बेग्लै संसार बनाउँ,
दुखमा नि खुसि खोजौं , विलासिताको चाहा नहोस!!!



यौटा सानो घर होस् , बिस्वासको आधार बनोस,
सामिप्यता तिम्रो मेरो , बल्झिरहने घाउ 
नहोस!!!


जती मैले चाहेको छु , त्यती नै मलाइ प्रेम गर,
रुंदा रुँदै तिम्रै काख , मरेको पनि थाहा नहोस!!



यो जुनीमा पुरै बाचौं, अर्को जुनि त होला नहोला,
प्रार्थना छ हाम्रो प्रेम, अल्पायुमा नै दाहा नहोस!!



रहर छैन मलाइ, ईतिहास मै नाम लेखाउँ,
बैरी नहुन् कोहि पनि, भगवान्लाई डाहा नहोस!!!

1 comment:

  1. yo facebook ma "suman kale" maile lekheko gajal mero naaun bina yaha kasari aayo k??? kati chorna sakeko gajal uffff

    ReplyDelete