Total Pageviews

Wednesday, November 30, 2011

मेरो जिन्दगी संग मेल खाने गीत

माया एउटा संग,
बिहे एउटा संग,
यस्तै रैछ भाग्य लेख्ने नियम देउतासंग.......!!!

नचाहेरै भुल्नु पर्ने अतित कुनै कुनै,
बन्धन गाठो जुनचाही संग पर्ने उसको हुनै,
सम्झिएर बाच्नु पर्ने जुनकिरिलाई जुनै,
हुदा पनि मुटुभरी आखाभरी उनै,
सपना एउटा संग बिपना एउटासंग,
यस्तै रैछ भाग्य लेख्ने नियम देउता संग..........!!!

माया एउटा संग................!!!

सम्झौता कि बाध्यता हो खै के हो जीवन यो,
नबने भए जाति हुन्थ्यो कि माया कि मन यो,
भुल्नै गाह्रो छुटेपछि,माया प्रिती झन यो,
रोजेको नै भुल्ने रिति खै कसरी बन्यो,
मन चाही एउटा संग तन चाही एउटा संग,
यस्तै रैछ भाग्य लेख्ने नियम देउता संग ............!!!

माया एउटा संग................!!!



No comments:

Post a Comment