……………….तिमी जस्तो कोहि अर्को यो धर्तिमा भए भगवान संग सिकायत गर्ने
थिए........
तिमीलाई कोहि अरुले हेरे प्रलय भन्दा पहिले प्रलय ल्याउने गर्थिए....!!”
म यहाँ.. केवल म ..विवस म ..म के गरूँ ? मन मिल्नु भन्दा पहिला नै टुट्यो ..हात
थाम्नु भन्दा पहिले नै छुट्यो ..के लेखिदियौ किस्मतमा भगवान तिमीले? पटक पटक रुन्छ
नयन -पल पल धड्किन्छ मुटु, उनीलाई न देखेमा.....|
साच्चै, ---- तिमी बिना यो जीवन कसरी बिताउ?
अचानक कुनै सपना टुटे झैँ.., मेरो मन तोडियो | यो संसार नै एक्लो परेर… | दिन
बिरानो जस्तो , अनि रात कहाली लाग्दो -सबै बाटो रिसाए जस्तो , सबै लक्ष्य फिका भए
जस्तो..बिरानो भन्दा नि बिरानो, एक्लोपन भन्दा नि एक्लो र म त्यस्मा हराए जस्तो…
|
पथर यो संसार, म र पथर तिम्रो मन, घुम्दै फिर्दै तिम्रो बाटोमा आइपुगछु म पागल
प्रेमी | प्रभु . .हे मेरो प्रभु, यो के भयो, मेरो प्रेम म संग टाढा गयो..धेरै टाढा …| मन तिमी लाई दिनु अपराध भयो, तिमी लाई माया गर्नु सजाय नै भयो. .| तिमी लाई यसरी
याद गर्दै छु कि रगत आँशु बनेर बर्सिदै छ..| अब त माया देखि डर लाग्न थाल्यो ..| यो
टाढापन , यो मजबुरी, यो एक्लोपन, .. जीवन को हरेक पाइलामा मेरो साथ हुनेछ. .. | अब
संसारले माया को अदभूत रुप देख्ने छ, ..किन कि मेरो छाया नै मेरो शत्रु बनेको छ,
मेरो जीवन नै मेरो लागि सराप बनेको छ |
खुसी को लागि अब .. कल्पना मात्रै गर्छु, एक मुस्कान को लागि कामना मात्रै
गर्छु, कारण, जीवन नै सुन्यता मा सकियो..| यो मायामा म कति एक्लो भए, मायामा मन तिमीलाई दिएर, तिमी बिना तिम्रो यादले सदैब रुवाउन खोज्छ | कहिले तिम्रो माया को
मिठो सम्झना- कल्पना गर्छु, त कहिले जीवन को उत्तार चढाब को सफेद रुपी कागजमा जिबनको तिता-मिठा, कल्पनाका धर्को तान्न पुग्छु .. | अब त टाढापन पनि म माथि हासेको जस्तो लाग्न थाल्यो..|
निर्जीव भै बसेको मुटुलाई माया गर्न तिमीले सिकायौ, फेरी तिम्रै मायाले, यो मुटु लाई छियाछिया पार्यो....| म कति सम्म अभागी रैछु, …| कुनै सिसा टुट्यो भने कति
आवाज आउछ ..तर मेरो मुटु टुटेको आवाज कसैले नि सुन्दैन…| मेरो जीवनमा आज आरुनै कोई छ,
तै पनि म तिमीलाई माया गर्छु | म तिमीलाई अर्को जुनीको लागि पर्खेर बसेको छु , हे प्रभु, तिमी कसरी एती धेरै निर्दयी बन्न सक्छौ , मनमा माया जगाएर कसरी मुटु तोड्न सक्छौ ? यही कुरा सोच्छु, अनि मनमनै
रुन्छु, आफुलाई आफै तडपाएर..आँशु आए नि आफैसंग लुकाउछु,,…दिनरात सोच्छु, किन भयो हाम्रो जीवन एस्तो ….? किन....? …. किन....?
अब त तिमीलाई पर्खिनुमा परमानन्द आउछ | अब जीवनभरि तिम्रो सम्झनालाई साथि बनाएर हिड्नेछु |
जीवनभर तिमीलाई माया गर्ने छु,…तिम्रो खुसयाल-जीवन को कामना गर्ने छु… |
म भने पर्खाई केवल पर्खाईमा जीवन बिताउने छु | अर्को जनमको पर्खाई |
No comments:
Post a Comment