Total Pageviews

Sunday, November 20, 2011

"तिमी रुन्छौ किन"



तिमी रुन्छौ किन पागल हुन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन


न त माया गरें न त माया साँचें
न त बाचा गरें न त बाचा भाँचें




दोष दिन्छौ किन दु:खी बन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन




न त बिर्सी हाँसें न त सम्झी रोएँ
रुप राम्रो भन्दै न त कतै छोएँ




खोट दिन्छौ किन खोटी बन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन

No comments:

Post a Comment