Total Pageviews

Monday, November 21, 2011

एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ




एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ





आकाश रुन्छ वर्षा हुन्छ तिमीलाई दुख्दा
बगर बन्छ आँखा मेरो अँश्रु झरी सुक्दा

कोमल तिम्रो ह्रदय छ उस्तै छन् ती पाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ





चोटहरुले गलाउँला कतै तिमीलाई
असीम प्रीत पिलाउँला यतै तिमीलाई

सुस्तरी बिर्स चोट अब मात्र माया लाऊ
सहलाउँछु दुख्या छाती अलि यता आऊ





एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ

No comments:

Post a Comment