अनौठो यो जिन्दगी आँशु पिई बाँच्नु पर्यो ;
हाँस्ने रहर हुदापनि मन भित्र
भित्रै मर्यो ।
सधैंभरि उदासी छु हाँसी बोल्न रहरै भयो;
आज सम्मका दिन पनि
आँशु पिएरै गयो ।
बिलौना गरि रुँदा पनि निष्ठुरीले छाडी गयो;
त्यसैले यो जिन्दगी सधैंभरि
उदासी भयो ।
कहिले उनको खुसीमा पागलजस्तै हाँसीरहेँ
कहिले उनको तड्पाईमा आँशु
पिई बाँचिरहेँ ।
उदास छु म यसरी नै जिन्दगानी जानी भयो;
आखिर मेरो नाम पनि त उदासी नै रह्यो
।
लुकाएर स्वार्थलाई स्वाभिमानी बनेँ पनि;
मरेतुल्य बनायो मन एउटै चोटले पनि
।
थाहा छ सक्दैनौ तिमी मेरो बनि दिन;
फेरि पनि मनभरि कल्पना घरिघरि किन
।
तिमीलाई देखेपछि मोहानी नै लागेजस्तो ;
झुटो हो की साँचो खै तिमी कस्तो
कस्तो ।
हृदयदेखिको मायाँ तिमीलाई नै दिएँ मैले ;
आखिर एक्लै बिलौना यहाँ गर्दैछु
अहिले ।
यति ठुलो संसारमा एक्लै भै बाँच्नु पर्यो;
हर घडी तिम्रै सम्झनामा आँखा बाट आँसु झर्यो ।
No comments:
Post a Comment