ला'को माया छुटाएर, दुनियाको हाहा नहोस!!
तिमि हुन्छौ म हुनेछु , यौटा बेग्लै संसार बनाउँ,
दुखमा नि खुसि खोजौं , विलासिताको चाहा नहोस!!!
यौटा सानो घर होस् , बिस्वासको आधार बनोस,
सामिप्यता तिम्रो मेरो , बल्झिरहने घाउ नहोस!!!
जती मैले चाहेको छु , त्यती नै मलाइ प्रेम गर,
रुंदा रुँदै तिम्रै काख , मरेको पनि थाहा नहोस!!
यो जुनीमा पुरै बाचौं, अर्को जुनि त होला नहोला,
प्रार्थना छ हाम्रो प्रेम, अल्पायुमा नै दाहा नहोस!!
रहर छैन मलाइ, ईतिहास मै नाम लेखाउँ,
बैरी नहुन् कोहि पनि, भगवान्लाई डाहा नहोस!!!
yo facebook ma "suman kale" maile lekheko gajal mero naaun bina yaha kasari aayo k??? kati chorna sakeko gajal uffff
ReplyDelete